Feb 25, 2010

बिछोड

Facebook

~ फुच्चु, काठमाडौं

बिछोड को बेला , बलिन्द्र आशु, सम्झन्छु सधैलाई
खुशी को बेला , एक्लै हुन्छु, सक्दिन हास्नलाई ।।
तिमीलाई मैले, नपाए पनि , मायानै गर्छु नि
सफल तिम्रो, भविष्य सधैं , पुकार्दै बस्छु नि ।।

आएथे थाम्न, तिम्रो त्यो हात, आफैंलाई भुलाई
छुट्यो है आज, तिम्रो त्यो साथ,मै बस्छु टोलाई ।।
न तिमी दोषी, न म नै दोषी, पापी यो संसार
अजर अमर , यो दुनियाँमा , के नै पो हुन्छ र ।।।।


जहाँ नि गए, तिम्रो त्यो खुशी, फर्की नै आवस
सुख र शान्ति, सधैं नि तिमीलाई, सर्वत्र छावस ।।
बरु म रुन्छु, सधैं नै अब, तिमी चाहि नरुनु
स्वार्थी यो दुनियाँ, भुलेर तिमी, डटेर लड्नु ।।।।
स्वार्थी यो दुनियाँ, भुलेर तिमी, डटेर लड्नु ।।।।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

नाम किन चाहियो said...

राम्रो लाग्यो !

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP