
आचार्य, प्रभा
(भानु जयन्तिको उपलक्षमा रचित भानु गजल रचना -जुलाई १२ /२०१० )
भाषाको बिधाता बनेर आयौ भानु
घाँसीको उपदेश् सुनेर छायौ भानु ।
सबैको मनमा बसेर गुण गरि
नेपाली भाषाको उन्नती चाह्यौ भानु ।
अमर अजर रहेर तिमी अझै
हामीमा सुन्दर आभाष ल्यायौ भानु ।
देशको चिनारी दिएर म्रीत्यु रोज्दै
साहित्य मनको आदर पायौ भानु ।
मरण शैय्यामा पुगेर पनि तिमी
भाषामै होम्मिने कसम खायौ भानु ।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
1 comments :
happy bhanu jayanti prava di
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।