Skip to main content

Posts

माओबादी को ग्र्याण्ड डिजाईन , पर्दा पछाडी को सहि प्रचण्ड !

हाल चालै मात्र ईमेज च्यानलले माओबादी अध्यक्ष्य काम्रेड पुष्पकमल उर्फ प्रचण्ड को एउटा भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो हेरे पछि , नेकपा माओबादीले कसरी नेपाली जनतालाई झुक्याउदा रहेछन भन्ने कुरा छर्लङ्ग भएको छ । हाललाई माओबादी प्रती को मुल्याङ्कन तपाई हरुलाई नै छोड्दै , उक्त भिडियो haru तल प्रस्तुत गरेको छु । Part 1 Part 2 Part 3 Part 4 And finally the news from Image Channel , यसरी नेपाली जनता लाई झुक्याउदै यीनिहरुले के गर्न आटेका हुन , त्यो तपाईहरुलाई नै सोच्न को लागि छाढेको छु । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

जिन्दगी नै धोका सम्झेर बचेँ

गुरु केदार बराल अमेरिका दुनियाँ को उपहास भएर बचेँ पागल को उपमा पाएर बचेँ तिमीले मलाई छोडे देखि म यस्तै धेरै हालतमा बचेँ आँखा को आसु रित्ताएर बचेँ मुटु को घाहु लाई सएर बचेँ हासो सबै सएर बचेँ एकान्त लाई साथी बनाएर बचेँ सुन सान तिम्रो याद म कल्पेर बचेँ तिम्रो तस्वीर छाती म च्य्पेर बचेँ आफु लाई आँफैबाट हराएर बचेँ म यस्तै धेरै हालतमा बचेँ तिमीलाई अरु सगै हिंडेको हेरेर बचेँ दुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँ त्यो हाम्रो आतित सम्झेर बचेँ म यस्तै धेरै हालत मा बचेँ खाली अस्तिपञ्चर लिएर बचेँ मुटु बिनाको ढुक्ढुकी लिएर बचेँ तिम्र लागि हजरौ अपहेलना सएर बचेँ लाखौं पटक मरेर बचेँ तिमीले मलाई छोडे देखि म यस्ता हजरौ हालत मा बचेँ आफ्नै मुटु चुडेर बचेँ हजार पटक रोएर बचेँ भन तिमी म कसरी बचेँ तिम्रै यादमा म बचेँ तिम्रै नाम जपेर बचेँ न म सक्छु भुल्न तिमीलाई न सक्छु याद मा विर्सन तिमीलाई धोका नै धोका को जीबन मा जिन्दगी नै धोका सम्झेर बचेँ जिन्दगी नै धोका सम्झेर बचेँ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

वास्तविकता

संगम 'मरुभूमि' तनहूँ ऊ प्रतिभावन कलाकार हो। उसको कलाको प्रशांसा नगर्ने सायद कोही नहोलान। आज पनि ऊ एउटा राष्ट्रियस्तरको सास्कृतिक कार्यक्रममा सहभागी हुदै छ। त्यसमा उसले नाटकको प्रमुख पात्रको भूमिका निभाउने भएको छ। रङ्गमञ्चको पर्दा विस्तारै खुल्छ नाटक सुरु हुन्छ। अरबपतिको भूमिकामा उसको जीवन्त अभिनय देखेर सबै दर्शक प्रभावित भए। त्यसबखत उसले पैसाको सिरानी बनाएको, सुनको थालीमा खाएको र लाखौँ असफी दान दिइएको दृश्यले व्यक्तित्व नै अर्कै देखियो। कार्यक्रम सकियो र ऊ डेरामा फर्कियो। निकै रात परि सकेछ। उसले स्टोभ वाल्यो पानी ततायो र नुन मिसायो अनि विहानको वाँकी रहेको रोटीको टुक्रा पानीमा चोप्दै स्वादिष्ट मानेर खान थाल्यो।

सन्दर्व सेनापति प्रकरण: खरीपाटीको गा्रण्डडिजाईन

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सात संसदवादी दलहरु र विशेषतः बयोवृद्र राजनेता गिरिजाप्रसाद कोइरालाको दौराको फेर समातेर हिंसात्मक जनयुद्धको बाटो छोडी शान्तिपूर्ण राजनितीको मुलधरमा आएको माओबादीले आफू भूमिगत रहदा निकै प्रभावकारी तरिकाले फ्याक्ने गरेको "फुटाउ र राज गर!" को अस्त्र खुला राजनितीमा आइसकेपछि भुत्ते हुदैगएको मात्रै होइन पुरै खिया लगिसकेको तथ्य घामझैं छर्लङ्ग छ। धोकाको राजनितीमा सबैलाई पछारेको माओबादीको बहुप्रचारित खरिपाटी भेलाले नेपाली काग्रेसलाई प्रधान शत्रु किटान मात्र गरेन, सेना, अदालत र प्रेस आफ्नो बाटोको काढा र तगारो हो भन्ने अघोषित निष्कर्ष पनि निकाल्यो। यि सबैलाई लथालि्ङ्ग र भताभुङ्ग पार्ने गा्रण्डडिजाईनको बिकृत रुप हो सेनापति प्रकरण। भनिरहनु परोईन, प्रधान सेनापति कटवाल त्रिशुलीमा घोडा चढेर हाम्फाल! भन्दैमा हाम्फाल्ने र धरहराबाट तल हाम्फाल! भन्दैमा हाम्फाल्ने मुर्ख जंगबहादुर होइनन्। तत्कालिन प्रधान सेनापति र राजाले बल प्रयोग गरेेर जनआन्दोलन दबाउने बारे छलफल गर्दा रक्तपात हुन्छ त्यसैले नो! भनेर सल्लाह दिने स्वभिमानी कटवालको काधमा बन्दुक राखेर नानाथरी ...

गजल

अधिकारी, बसन्त मोहन मरिसकेको छु ,जलाऊँ आएर अब के चाहन्छौ, मेरो घर जलाएर अब विश्वासमा दिए, संसार तिमीलाई जलिरहेछु तिम्रो आगो पाएर अब कुन गल्तिको सँजाए दियौ तिमीले दिन सक्दैनौ जीवन ल्याएर अब मानव भनौँ कि के भनौँ तिमीलाई नजलाउँ यो मनमा छाएर अब यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

अनेसास इजरायलको साहित्य सम्मलेन सफलतापूर्वक संपन्न

कृष्ण थापा तेल अभिभ, इजरायल नेपाली भाषा साहित्य र संगीत प्रति समर्पित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा यही २५ अप्रिल शनिबार इजरायलको तेल अभिभमा प्रथम साहित्य सम्मेलन सफलतापुर्वक सम्पन्न भयो ।नेपाली राजदुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्टज्युले ३ हरफे कविता "हाइकु" वाचन गरेर सो सम्मेलनको समुदघाटन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मंतव्य राखने क्रममा अनेसास इजरायलका सदस्य शंकर पौडेलले यो सम्मलेनबाट इजरायलमा रहेका नया प्रतिभाहरुको पहिचान गर्न र संगठन बिस्तार गरि आगामी दिनहरुमा अन्य गतिबिधिहरु सञ्चालन गर्न बाटो खुलेको छ भन्दै आमंत्रित अतिथि सहभागी तथा उपस्थित साहित्यप्रेमी सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्नु भयो ।साथै उहाँले भविष्यमा अनेसासको सबै प्रयत्न र कोशिशहरुले यसरी नै सबैको माया र सदभाव पाउने अपेक्षा पनि गर्नु भयो । प्रमुख अतिथिको आसनबाट बोल्दै श्री मुक्तिनाथ भट्टले नेपाली साहित्यको उत्त्थानका निमित्त इजरायलको नेपाली डायोस्पोरा संगठित भएकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधि अब क्रमिक रुपमा अघि बढ़ने कुरामा विश्वास व्यक्त गर्न...

'आमा कहाँ बिलायौ

आचार्य, प्रभा बोल्डर् आमा तिम्रो मात्रित्वको परीभाषा कसरी म दिउ ? जब कि तिमीले त मलाई न्यानोपनको आभाष नै नदिइे छाडेर गयौ .... बात्सल्यताको महत्व नबुझाई बिलिन भयौ ... म भने आमा ,आमा चिच्याइ रहें तिमी त कठोर् बनी शुन्यमा बिलायौ ... जब मलाई तिम्रो न्यानोपनको आवश्यकता थियो तब तिमी त आँफै चिसिएर बगर बन्यौ जब मलाई तिम्रो उपदेशको चासो थियो तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ भन... आमा तिमी कस्तो सजाय दिइे टाढा टाढा अस्तित्वहिन भै कुन नभमा बिलायौ ? मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ? आमा कुन क्षितिजमा हरायौ ? मेरो बात्शल्यताको अर्थ किन लुटायौ ? (समर्पित ''मदर्स डे ''मा ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!: