Skip to main content

Posts

यो कस्तो सम्झौता ! (कथा भाग २)

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् । मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो। दोश्रो भाग: फोनमा कुरा गरे। उही केटाले भेट्न बोलाएको छ आजै। मनमा दश थरी कुरा खेलिरहे पनि हतार हतर दाईसँग उस्ले बोलएकै ठाउँमा गए। उ त एक्लै आएको रहेछ। दाईलाई पनि म सँग एकछिन कुरा गर्छु भनेर एक घण्टामा यही ठाउँमा आउन आग्रह गर्योल। "नानु, दिउँसो तिम्रो परिवारसँगको छोटो बसाइ रमाइलो भएको थियो।"- उस्ले यसरी कुरा सुरु गर्योल। घरमा मलाई सबैले नानु भन्ने भएकाले उस्ले पनि नानुबाट नै सम्बोधन गर्योल मलाई। म केही पनी बोलिन। उ नै बोल्दै गयो। "म त बिदेशबाट आएको। विवाह गरेपछी पनि परिवारलाई उतै नै लिएर जाने मेरो सोच छ। मलाई तिम्रो बारेमा सबै कुरा चित्त बुझेको छ। यदी तिमीलाई पनि म मन परेको छु भने कुरा अगाडि बढाउन सकिन्छ। के छ तिम्रो बिचार भनी उल्टो मलाई प्रश्न तेर्सायो।" कस्तो अफ्ठ्यारो परिस्थिती आइ पर्यो् मलाई। के भनु के नभनु होश नै भएन। जीवनमा प...

बैरीलाई पनि नपरोस है...

Share जुदने माझठाना-६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा तिम्रै सम्झनाले होला सबै कुरा भुल्छु पूर्व जान निस्केँ भने पश्चिम तिर पुग्छु । बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । धन कमाउने लालचले प्रदेशमा आएँ "धन भन्दा माया ठूलो" बल्ल थाहा पाएँ । चरी भए उढि जान्थेँ मायालूलाई भेट्न वर्षौ देखि सहेको यो नियास्रोलाई मेट्न । बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । तिम्रै सम्झनाले होला सबै कुरा भुल्छु पूर्व जान निस्केँ भने पश्चिम तिर पुग्छु । एकान्तमा एक्लै बसि टोलाउँदो रैछु बेसुरले तिमीलाई नै बोलाउँदो रैछु । बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । नसक्छु म निदाउन न त भोकै लाग्छ भेटै नभै मरिन्छ कि यहि पिर लाग्छ । मेरो पापी मनले पनि नानाथरी गुन्छ मलाईमात्र यस्तो होकि तिमीलाई पनि हुन्छ ? बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नु...

यो कस्तो सम्झौता ! (कथा भाग १ )

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन? (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ। फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई आफु नै नराम्रो त कस्लाई पो लग्ला र। जती सुकै कुरुप भएपनी मन...

"अर्कै धातुका गिरिजाबाबु "

Share -मिलन बगाले क्यामिन -६ बर्लाची तनहु यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'। 'गिरिजाबाबु नमर्नकै लागी जन्मेका हुन ' गिरिजाबाबुको बिग्रदो स्बाथ्यको बारेमा बिगत २ - ४ बर्षदेखी नै अनेक पटक नानाथरी हल्लाहरु चल्दैगर्दा म भने एउटा अचम्मको जिराहा तर्क बोकेर या भनौ भ्रमको पर्दा ओढेर ढुक्कै बसेको थिए। कालो रंगको त्यॊ पर्दा २०६६ चैत्र ७ गते बिहान १२ बजेर १० मिनेट जादा नराम्ररी च्यात्तियो र म कटु यथार्थ स्वीकार्न बाध्य भए। गिरिजाबाबु लाई मैले चिन्न थालेको ५ -६ बर्षको उमेरदेखी नै हो। "सायद आमा बा पछि मैले चिनेको तेस्रो मान्छे गिरिजाबाबु हुनुपर्छ र चौथो मभन्दा २ बर्ष जेठो मेरो दाजुलाई। यो कुरो बर्षौदेखी भन्दै आएको छु। टीभीको नाकमुखै नदेखी हुर्केको मेरो पुस्ताको लागी गिरिजाबाबु चिनाउने साधन भनेकै पत्रपत्रिका र रेडीयो मात्र थियो। म ५-६ बर्षको हुदाखेरीको एउटा क्यालेन्डर म अझै सम्झन्छु। सुत्ने कोठाको भित्तामा टागीएको त्योक्यालेन्डरमा ब...

अन्तिम कोशेली गिरिजालाई

~आचार्य प्रभा चाहे जो ,जे सुकै होस् कालले उस्लाइ पर्खिरहेकै हुन्छ त्यसैले ......... आफ्ना लक्ष,उदेश्यलाई थाँती राखेर पनि धर्तीलाई बिदा माग्नैपर्छ एउटा हस्ती अनी राजनीतिक धरोहरको समापन ....... आखिर पेवा न हो मृत्‍यु कहाँ रोक्न र छेक्न सक्थ्यो र? सम्बेदना र मायाका पर्खालहरुले त्यसैले उ निभेछ राजनीतिक आकाशबाट तर निभ्ने छैनन् उस्का समर्पण र उदेश्यहरु / हो मृत्‍यु अवश्यम्भावी छ चाहे जो ,जे सुकै होस् कालले उस्लाइ पर्खिरहेकै हुन्छ त्यसैले ......... आफ्ना लक्ष,उदेश्यलाई थाँती राखेर पनि धर्तीलाई बिदा माग्नैपर्छ संसारकै नियम सम्झी / हो..... मान्छे हो , जीवनभर कोशिश र संघर्षमा जीवनलाई उप्केरा दिँदै फलाउन फुलाउन चाहन्छ कत्ति कोशिश फल बनेर झाँगिन्छन कत्ति प्रयास तुषारोले कुहाइदिन्छन , त र पनि नहार्नुको एउटा ईतिहास लेखेर मृत्‍यु रोज्नु मान्छेको महानता र शाहस हो हो यही शाहसको एउटा पर्याय हो गिरिजा जस्ले जस,अप्जसका ढाकरहरु बोकेर पनि आफुलाई थकित नमान्नुको एउटा बहादुर भरिया साबित गरेकोथियो/ पौढताको सिमालाई पनि तरुणपनको जलप लगाएर नव जोश,जांगरको पहिचान दिएकोथियो सलाम छ त्यो अडिग बिस्वाशलाई अनि प्रण...

प्रेम मृत्यु !

दिनेश गुरुङ पोखरा , कास्की (हाल, मेरिल्याण्ड, अमेरिका ) हेर न प्रिय तिमीलाई लैजान साधन तयार छ मलाई लैजान पनि तयार छ फरक यति मात्र थियो प्रिय, तिमीलाई महङ्गा कार त मलाई हरिया बास प्रस्तुत छ कवि दिनेश गुरुङ स्वयं द्धारा बाचित कविता प्रेम मृत्यु ! Your hidden post goes here [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

कथाः सम्झौता

सुमन बगाले। आँबु खैरेनी तनहुँ। सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ। यो कस्तो समय आयो आज, यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरीर दुखेको छ। यो सूर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजिक नैतिकतामा अल्झेर पूर्णिमाको जुन बन्नु परेको छ। समय नै यस्तै रहेछ। मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङ्ग पारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेन्डपनि अगाडि जान सक्दैन। मानेकी त थिइन रे गीतापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गीत जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने? कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गीता लाइ शम्भु दाइको हातमा दिएछन्। अहिले एकदम खुशी छिन रे। हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो, घरपछाडी करेसामा बाबा आमाको आखा छलेर लुकी लुकी तस्विर हेर्न बाध्य बनाउने मोरा, जिन्दगी भरिलाइ चोट परिजाओस। कसले बुझनदिने प्रतिक्षाको घडी कति ...