Skip to main content

Posts

दागबत्ती : भाग २

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहाँ थिच्नु होला। कालो बादल पानी पर्नु भन्दा अगाडि पानी दर्किनलाई जसरी मडारिन्छ त्यसरी नै मडारी रहेको थियो मेरो मन। त्यो रात कसरी मैले उहाँसँग कुरा सुरु गरें म आँफैलाई थाहा भएन। "म सन्तानको म्रिगत्रिस्णामा साह्रै छट्पटिएकी छु। मेरो दु:ख, सुखमा साथ दिन्छु। मेरो हरेक चाहना पुरा गर्छु।" "मारे पाप पाले पुण्य" भनेर अग्नी साक्षी राखेर खाएको कसम हजुरले पुरा गर्नुपर्छ आज। जब सम्म यो घरमा सन्तानको जन्म हुँदैन म खुशीसाथ यहाँ बस्न सक्दिन। मलाई खुशी राख्ने हजुरको कर्तव्य हो। हजुरले म माथि गर्नु पर्ने कर्तव्य मैले मगेको होइन, केबल "छ" है भन्न मात्र खोजेको हो। त्यसैले मलाई खुशी राख्न या भनु हजुरले खाएको कसमको पालना गरी कर्तव्यनिस्ठ हुन बिन्ती छ दोश्रो विवाह गर्नुहोस् भनेकी थिए। सबै इस्टमित्र, नातागोता, छरछिमेकहरुले पनि दोश्रो विवाह गर्ने जोड दिएका थिए। आफु जन्मेको अनी हुर्केको समाजमा टिक्न नै मुस्किल पेरिसकेको थियो उहाँलाई। बत्ती मुनी अध्याँरो भने जस्तै भएको थियो उहाँलाई। सबै कुरा छ तर पनि केही छैन। ल...

यस्तो नहोस

चकेद्र राई "कैदी" मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै..... आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ। महायुद्वका लडाकु जस्तै..... जय पराजयलाई नै जीवनको सार्थकता ठानि रहेका छौ। फेरी कसैलाई मन लाग्यो भन्दैमा डब्ल.टी.ओ. र पेन्टागन ढले जस्तै नागासाकी र हिरोसिमा जले जस्तै इराक र अफगानिस्तान बले जस्तै इतिहासले भुल्न नसक्ने एक तमासा नहोस। कुनै बहानामा बिचरी ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस। आस्थाको बन्दि आङसाङ सुकि र प्रगतीशिल लेखिका तसलीमा को जीवन जस्तो जीवन पनि नहोस। हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस। विश्व नै स्तब्ध हुने गरी अब फेरी फेरी कोशीको बाध कहिल्यै नफुटोस। जाजरकोट लगायतको ठाँउहरुमा जस्तै झाडापखालाको माहामारीले हाम्रो सुख र आनन्दको स्वर्ग अब फेरी फेरी कहिल्यै नलुटोस। जो नहुनु थियो तर त्यही भयो कामना गरौ..... अब यस्तो नहोस...

नेपाली सपना र बिपना

अधिकारी, बसन्त मोहन यो कबिता नेपाल र यूएर्इमा रहेका भ्रष्टचारी, तस्कर र माफियाहरुले खेलेको भुमिकाको कारण सृजित हो । -बसन्त आमा ! आज फेरी सपना देखें तिमीलाई भैसिले लखेटेको मध्यरातमा जुरुक्क उठेर चैतन्यको बतिमा चारैतिर हेरे घरबाहिरका अर्नाहरुले खेद्दै रहेछन् । हो बाबु, भो त्यो कुरा नगर तिर्मो घरबास उठ्लार् इज्यत मात्र होइन प्राण चुडिएला मेरो चाहना तिर्मो गाँस, बास र कपास र जीवन हो । मैले पनि भयङ्कर सपना देखेँ गाँउघर, शहर मात्र होइन प्रदेशमा पनि अैठनहरु आएर तिर्मो गला थिचिरहेछन् । घरआँगनबाट बल्ल तल्ल बाँचेका मेरा सन्तानहरुलाई कुबेर बन्ने होडमा जिउँदो बलि दिदै त्यो प्रदेशमा कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा सैतानहरुले भेडा बाख्रा झै बेचिरहेछन् । आमाको ममता न हो सहन नसकेर रुदैँ सगरमाथा उक्लिएर प्रदेश तिर चिहाए कयौ सपुतहरुले भाईबैनीहरुलाई ममताले बाँधेको देखेँ अँगालो हालेर राखेको देखेँ त्यतिखेर भावविहल भै आँखाबाट आँशु खस्यो खुसि र हर्षो धेरै भयो यस्तो दृष्य नदेखेको । समयको अन्तरालमा अनायासै, त्रि्रो जस्तै सपना देखेँ सपुतहरुलाई घरकै भैसिहरुले खेदिरहेछन्...

व्यंग्य - चित्र - गाईजात्र बिशेष

रा जु प्रसा द लामिछा ने - जुदने गाईजात्र बिशेष : जन्मदिन महोत्सव ! स्वतंत्रता अन्तिम धोको: विहे भएको २ वर्ष नबित्दै रामेकी श्रीमती एक्कासी विरामी हुन्छिन । नराम्रो रोग लागेछ, उपचारमा कुनै कसुर नरहँदा पनि निको भएन । हस्पिटलमा उपचार कै क्रममा उनलाई च्याप्दै जान्छ । अब नबँच्ने स्थिती देखि डाक्टरहरुले रामेलाई बोलाएर श्रीमतीको अन्तिम अवश्था भएकोले आफन्तहरुलाई खबर गर्न र अन्तिम धोको पूरा गराई दिन सल्लाह दिन्छन । अस्पतालको विरामी शैया वरिपरी निराश आफन्तहरु भावविह्वल रुपमा विरामीको अन्तिम अवश्था हेरिरहेका हुन्छन । हेरौँ अब के हुन्छ: यी नेता हरुलाई यसो गरे कसो होला ? यी नेता हरुलाई यसो गरे कसो होला ? [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

झरी परिरहन्छ। (तेस्रो भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग दोस्रो भाग “तर काका, म...मेघा....कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन। “मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो। “तर पनि काकी, मेघा.....” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन। “किन र बाबु, तिमीलाई मेघा मन...(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन। मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए। “ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो। त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्कबितर्कहरु आ...

नतड्पी दिनु

सुरेश नेपाली विराटनगर १७ हावाले जब कानमा मेरो गीत गुनगुनाउनेछ आगोको तातो रापले मेरो शरीरलाई जब स्पर्श गर्नेछ मुटु कमाउने ठण्डी कुहिरोले जब मलाई छोप्नेछ म चिर निन्द्रामा सुतेको पाउने छौं कहिल्यैं न विउझने गरी मुटुको ढुकढुकी बन्द भई रगतका नलीहरुमा रगत दौडिन बन्द हुदा अनायसै नतडपिदिनु नियतीको खेल सम्झी यसलाई विर्सिदिनु सम्हालेर तिमी आफूलाई जीवनका रंगहरुले फेरी रंग्याउनु बन्द भएका ढोकाहरु तिमी आफैं उघार्नु मानवीय लक्ष्मण रेखाहरुलाई आफैं अग्रसर भई मेटीदिनु मेरा शब्दवाणले तिमीलाई आघात पुर्‍याए अतित भूलेर, नयाँ जीवन अंगाल्नु पाप लाग्ला है यो कहिल्यै नसम्भि्कनु अंजुली भरीको माया अनि फूलहरुले हासि हासि मलाई विदा दिनु [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दागबत्ती - कथा भाग १

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।) "बाबु राम्रो सँग जाउ! घर पुग्ने बितिकै मलाई फोन गरिहाल है ! " सुबाश पर क्षितिजमा पुगिसक्दा पनि आँखाले देखुन्जेल हेरिरहे। सुबाश मात्र मेरो घर तिरको एक सदस्य हो जो मेरो हेर बिचार गर्छ, सुख दु:ख पर्दा हातमा हात मिलाउन आइपुग्छ। उ मेरो सौताको छोरा हो। सौताको छोरा भएर के भयो। उ मेरो कोखबाट नजन्मे पनि मैले नै उस्लाई हुर्काएकी हुँ, मेरो ममताको भकारी नै उस्को पोल्टामा पोखिदिएकी छु। हरेक नाता या भनु व्यवहार दोहोरो हुन्छ। त्यसैले होला उस्ले पनि मलाई आफ्नो आमालाई गर्नु पर्ने मान, सम्मान अनी कर्तव्य पालना गर्न कुनै कन्जुस्यै गरेको मैले महसुस नै गरेकी छु, न त मैले उस्लाई अभिभाबक बिहिन टुहुर भनेर यस समाजमा पहिचान हुन नै दिएकी छु। सौताको छोरा भएपनी उसले र मैले प्रमाणित गर्दिसकेका छौ कि रगतको नाता भन्दा आत्मियताको नाता ठुलो हुँदो रहेछ भनेर। हाम्रो समाजमा भइरहने मानविय सम्वेदनाको एक स्मृ ति दिने एउटा सानो आँखीझ्याल हो यो मेरो जीवनको वस्तबिक ...