Skip to main content

झरी परिरहन्छ। (तेस्रो भाग)

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका

पहिलो भाग
दोस्रो भाग

“तर काका, म...मेघा....कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन।

“मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो।

“तर पनि काकी, मेघा.....” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन।

“किन र बाबु, तिमीलाई मेघा मन...(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन।


मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए।

“ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो।

त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्कबितर्कहरु आइरहे। अहिले सम्म मैले काकाकाकीसंग सबै कुरा मागेर लिईरहेको थिँए र आज काकाकाकीले मसंग केही मागिरहनु भएको थियो तर पनि मैले सहजै दिन सकिरहेको थिइन। एकातर्फ मेरो बर्षौं देखिको प्रेम थियो भने अर्को तर्फ काकाकाकीले मलाई लगाउनु भएको अतुलनीय गुणको बोझ। यी दुबै बोझले मलाई थिचिरहेकाथिए र म निसास्सिरहेको थिँए। मनमा अनेक कुरा खेल्दा खेल्दै म कुन बेला निदाएछु, याद भएन।

काकाकाकीको त्यो प्रस्ताव पछि श्थिति अलि असहज भएको थियो। सधैं फरासिली, बोलाकिली, हल्काफुल्का जिस्किने, ठट्टा गर्ने मेघा अव लाज मान्ने भइरहेकिथिइन्। मसंग नजर लुकाउने भइरहेकिथिइन्। सकेसम्म मेरो अघि पर्दिनथिइन् र परिहालेमा पनि लाजको लालिमा उनको अनुहारभरि छरिएको स्पष्ट देखिन्थ्यो।मेहुलले मलाई भिनाजु भनेर जिस्काउन थालिसकेकोथियो। काकाकाकी दुबै जना पहिला जस्तो सहज देखिनुहुन्थेन। हामीहरु बिच अव औपचारिक कुराकानीमात्र हुन थालेको थियो।

मेघाले मेरो स्वभाबिक भन्दा बढीनै ख्याल राख्न थालेको महसुस हुन थालेकोथियो। मैले छरपरष्ट छोडेर गएको मेरो कोठा फर्केर आँउदा चिटिक्क मिलेको हुन्थ्यो। म सुत्दा कहिले बत्ती ननिभाई, पर्दा नझारी सुतिदिन्थें। तर बिहान उठ्दा बत्ती निभेको, पर्दा लागेको पाउँथें। मैले जताततै फालेर छोडेका मेरा कपडाहरु धोइएका हुन्थे। ईस्तिरी लगाएर चटक्क मिलाएर राखिएकाहुन्थे। मेरा जुत्ता-मोजाहरु, ब्रस, मञ्जन, दारी काट्ने मेसिन सबै ठाउँमा हुन्थे। मेरो कोठामा मेघाको उपश्थितिको जताततै महसुस हुन थालेको थियो। एउटा स्त्रीले पुरुषको अस्तब्यस्त जीवनलाई कसरी सम्भार गर्न सक्दिरहिछन् त भन्ने महशुस भएको थियो। भ्यालेन्टाईन डे को दिन एउटा गुलाफको फूल र त्यो मुनि एउटा शुभकामना कार्ड मेरो बिस्तराको साइड टेबलमा थियो। भन्न पर्देन, त्यो कार्डमा मेघाकै हस्ताक्षर थियो।

एक दिन म ढिलो उठेछु क्यारे। मेघा चियाको कप लिएर आएकि थिइन्।
“हजुरलाई, सञ्चो भएन क्या हो, ढिलो उठिस्यो’ नि”। मेघाले मेरो निधारमा हात राखेकिथिइन्।
“होइन, त्यस्तो केही भएको छैन”। मलाई मेघाको स्पर्ष न्यानो लागेको थियो, आफ्नोपनले भरिएको, मायालु लागेको थियो।

त्यसपछि हरेक बिहान मेघा चियाको कप लिएर आउन थालेकि थिइन। मेरो दैनिकी, दिनचर्याबारे जानकारी लिन थालिसकेकी थिइन्। कुनै दिन म अलि छिट्टो निस्किएमा वा फर्किंदा ढिलो भएमा मेघाले उत्सुकता ब्यक्त गर्ने थालेकीथिइन्। कहिलेकाँहि आफ्नो स्वतन्त्रतामा अरु कसैले हस्तक्षेप गर्दा पनि मिठो नै लाग्दो रहेछ। पछि त म आँफै मेघालाई खबर गरेर जान थालेकोथिंए। नैनकला अव मेरो स्मृतिमा धुमिल भइरहेकिथिइन् र मेघाको आकृतिले ठाँउ लिइरहेकोथियो।

एकदिन मेरो साइड टेबलमा एउटा सानो कार्ड थियो।
“मम्मी ड्याडीको प्रस्तावमा हजुरको उत्तर के होला, जिज्ञासु छु” हस्ताक्षर मेघाकै थियो।

क्रमश: अन्तिम भाग

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. जीवन एउटा लामो यात्राको लागि प्रस्थान गरेको गाडी हो त्यसैले पनि समय र परिस्थितीको मोडहरुसगै यसलाई जो कोहिले मोड्न सक्नुपर्छ यदी त्यसो नगरिय दुर्घटना सुनिश्चित हुन्छ। प्रेम हरेक जीवनको एउटा महत्वपूर्ण पाटो हो जसले खुशी मात्र होइन पिंडाको दलदलभित्र फसाइदिन पनि सक्दो रहेछ, कहिले यो यती शक्तिशाली हुन्छ त कहिले सोच्दै नसोचेको कमजोर पनि, जाती सुन्दर छ यो त्यती कुरुप पनि, कहिले इश्या, कहिले प्रतिशोध, शंका, उपशंका, पाप्ती, समर्पण कती बिबिधता छ है यो प्रेम भन्ने कुरामा पनि? दर्शनको कुरा गरेर भन्ने हो भने भौतिक दुरिले प्रेममा कुनै असर पार्दैन भनेर भनिन्छ तर व्याबहारमा त्यसो नहुदो रहेछ जब कुनै पनि बस्तु वा मानिस आँखाबाट दुर हुन्छ अनी हिर्दयबाट पनि टाढिने प्रयास गर्दो रहेछ जानिदो नजानिदो हिसाबमा अनी शुरु हुन्छ आँखा अगाडिका बस्तुहरुसगको प्रेम समयको दौडाइसगै उही जानिदो नजानिदो रुपमा नै।

    कथा सरल रुपले बगेको छ, शब्दहरु सरल र सुन्दर छन सबैभन्दा त त्यसपछी के भयो होल भन्ने कौतुहलता पाठकहरुमा जगाउन सफल बेजोडको प्रस्तुती छ, अर्कोभागको प्रतिक्षामा छु।

    ReplyDelete
  2. very interesting story..when is the fourth part coming?...i m really waiting..hope the story ends with Nainkala...

    ReplyDelete
  3. Good Story ! Now reading the fourth part.

    ReplyDelete
  4. बल्ल आज पढ्ने मौका मिल्यो । "कहिलेकाँहि आफ्नो स्वतन्त्रतामा अरु कसैले हस्तक्षेप गर्दा पनि मिठो नै लाग्दो रहेछ।" चित्त बुझ्यो ! अब चौथो भागमा के हुने हो , हान्निएर पढ्दै छु ,
    सपनासंसार

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा