Skip to main content

Posts

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दसहजार तालको साम्राज्य

राजेन्द्रप्रसाद अर्याल गोरखा बजार, नेपाल । हालः म्याडिसन, विस्कन्सन, अमेरिका Email:- aryalrajendra3@gmail.com जनवरी, २०१२    आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि पाँच ठाउँमा ट्रान्जिट भै रातको ठीक दशबजे उक्त विमानस्थलमा अवतरण भएँ । हुन त साँझको पाँचबजे ओर्लनु पर्ने पूर्वनिर्धारित कार्याक्रममा वासिङ्गटन डि.सि.मा जाहाज छुटनाले पाँच घण्टाको यात्रा अवधि थप हुन गयो । एक हुल परिवारजनहरू तोकिएको समयमा विमानस्थलमा जम्मा भै रित्तै फर्कन परेको तितो यथार्थ बोधले मन चिसो भयो र पछिल्लो झमट सीता र विनायक मात्र मलाई लिन आउनु भएको थियो ।   नेपालदेखि पातालभूमिसम्मको लामो यात्रा स्वयंमा पट्यार लाग्दो त्यसमाथि विमान छुटन गएको मानसिक तनावले लखतरान भै सकेको थिएँ । आफ्नो सामानको व्यग्र पर्खाइमा रहँदा रहँदै वासिङ्गटन डि....

राम्री यूवती !

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की   हाल: हप्किन्स, मिन्नेसोटा एकादेशमा अचम्मै राम्री एउटी यूवती थिईन । गाउँ शहरमा उनको रुप र जीउडालको राम्रै प्रशंसा हुन्थ्यो । जवानहरु उनलाई पाउन भुतुक्कै हुन्थ्ये । तर यूवती भने तिनीहरुलाई मान्छे नैं गन्दैनथिन । उनलाई आफ्नो रुप र जीउडालमा साह्रै घमण्ड थियो । उनको रुप र घमण्डीपनको दरबारमा पनि चर्चा भएछ । राजाले यूवतीलाई दरबारमा नर्तकीको रुपमा जागिर दिए । राजा साह्रै ज्ञानी र पराक्रमी थिए तर रुपमा भने ठगिएका थिए अर्थात राम्रा थिएनन । एक दिन राजालाई यूवतीको परिक्षा लिन मन लाग्यो र कसैले नचिन्ने गरि साधारण कामदारको भेषमा यूवतीलाई भेटेर उसको रुपको प्रशंसा गर्दै बिवाहको प्रस्ताव राखे । यूवतीले राजालाई चिन्नै सकिनन, उनको घमण्डको पारो चडिहाल्यो र रिसाउदै भनिन; "ओइ गधा! तैले मसँग बिहे गर्ने आँट कसरी गरिस् हँ?, कुनै दिन आफ्नो अनुहार ऐनामा हेरेको त छस् तैंले, बरु भगवानले तेरो अनुहार बनाउने बेलामा तँ कता गएको थिइस हँ?, तँ त मेरो लोग्ने हैन नोकर बस्नको लागि पनि योग्य छैनस बुझिस् ।" यूवतीको घमण्डबारे पहिल्यै सुनि सकेका हुन...

Congratulation ! Pushpa Basnet, Winner CNN Hero of the Year 2012 !

CONGRATULATION, Puspa !!! You really deserve it ! We are really proud of you ! Pushpa Bashnet is now the winner of the CNN Hero of the Year ,2012 See some of her portraits on CNN : http://www.cnn.com/2012/11/26/asia/gallery/heroes-basnet/index.html?hpt=hp_t1 A chance at life is not a privilege, it is a right! No one should have to live behind bars without a reason, especially innocent children. [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Please Vote Pushpa Bashnet for CNN Hero 2012 !

Read more about Pushpa Bashnet, Pushpa Mamu, The Mother to the Innocent Prison Children, who were jailed for their parent's crime !

साथ

सजनी (सनेनीपु) काठमाडौं, नेपाल कहाँको थियौ तिमी, कहाँको थिएँ म आज हिड्ने बाटो एउटै भयो । तिम्रो आगमनले मेरो जिन्दगीमा खुशियाली छाईदियो । सुखमा पनि साथ दियौ, दुःखमा पनि दियौ । आफ्नो छायाँ बनाई सँग र्सँगै लगिरहयौ । तिम्रो साथले आज केही गर्ने जाँगर चलेको छ । तिम्रो मायाले आज म भित्र केहि उर्जा थपेको छ । यस्तो साथ यस्तो माया सँधै भरि पाइरहुँ । बदलामा मैले पनि तिमीलाई यस्तै माया दिइरहुँ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

मानिसहरु ... किन ?

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने) माझठाना ६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

विश्वास

सजनी काठमाण्डौँ, नेपाल खुशी थिए गाउँमा हुँदा, आमा बुवा को साथमा निदाउथे मिठा मिठा सपना देखी रात मा घास दाउरा मेलापात गर्थेउ, सखी सबै मिली दिन बिताउथेउ हामी, एक अर्का सँग हासीखेली एक दिन आयो गाउँ मा एउटा परदेशी ल्याएको थियो दिन कसैलाई माया बोकी मिठो बोली उस्को म मक्ख पर्थे हरेक पल उसकै यादमा डुब्थे लाग्न थाल्यो बिस्तार एकान्त नै प्यारो होश जती सबै उस्ले उडाइ लग्यो मेरो कुरा मा उसको भुलेर भागे सबैलाई छोडी पुगे रमाउन उ सँग आमा बुवा को सबै सपना तोडी खुशी भए दुइ चार दिन माया उस्को पाएर केही दिन पछी छोडि गयो कोठी मा बेचेर अस्तित्व मिटाये मैले यातना पाएर नारकिये जीवन बिताउनु पर्‍यो विश्वास अरुलाई गरेर जोबन मैले आफ्नो बाड्दै गये बाड्दै गये तर भित्र भित्र म खोक्रो बन्दै गये HIV को शिकार भएछु पछी पो थाहापाये येस्तो थाहा भएपछी त्यहाँ बाट पनि निकालिये आफ्नै गाउँ फर्के तर सुइकारेनन कसैले मलाई भनेका हुन्थे सबैका नजरले ठीक्क पर्‍यो तलाई जिन्दगी को बाटो मा धेरै खाए ठक्कर् ठक्कर् खाँदा खाँदै बने फ्यकिएको पत्थर पत्थर को बरु मोल छ तर मेरो केही मोल छैन ढुङ्गा को देवता लाई...

Educate a Nepali Child: A Fund Raising Event Organized in Minneapolis,MN

Sailendra Bhattarai, MN 07/22/2012 See the link from Past year event: http://www.sapanasansar.com/2011/12/play-to-help-fund-raising-event.html As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends at bars and clubs to Socialize. But how often does one get the opportunity to educate impoverish children? But in this time , that is exactly what happened in Hell’s Kitchen. We raised money for kids in Nepal for their education and had fun doing it. There was a great sense of satisfaction that none of us had ever felt before. On July 22nd , 2012, ANMN organized a fundraising event to provide academic scholarships to underprivileged children. The event was part of ‘Project Eocene’. The project aims to provide children in indigenous and impoverished communities an opportunity to make their lives better and help children break free from the generational cycle of poverty. The theme of the event was “Start your journey to hea...

जिन्दगी

-पवन भण्डारी जिन्दगी, ,  लेवाँसको जीउझैँ कम्जोर कम्जोर,  थकाईले संगै - यता उता जता लप्काएपनि लप्किने - पिउँदा बिग्रेको जाँडझैँ टर्रो ;  तान्दा निम्पत्ताको झोल भन्दा तितो; खाँदा लप्सीझैँ अमिलो; मसंग परिभाषा नसोध प्रिय - तिम्रो पो पर्यो फूल जस्तो; आफ्नो त, कहिले - मोई पारेपछिको नौनी घ्यू जस्तो  कहिले- च्यूरा-मासु खाँदा लागेको ढुङ्गो जस्तो !!  कहिले महँगो कहिले अत्ति सस्तो सस्तो जिन्दगी, खै कस्तो कस्तो !!! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Missed Call

~ Hitendra (Suman Joshi) Ringing your cell Declaring I am remembering you, And you are in my heart Not in mind, Each ring manifest My affection, Every vibration Vibrates my heart for you, Awaiting for Your manifestation, To feel your heart Vibrating like mine, Lingering for an evidence I am alive in your memory, I am waiting for a ring Ring of your heart, A response To my missed call [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नलुकाई भन

हरिकृष्ण महर्जन डंगोल "  पागलप्रेमी " कुवैत तिम्रो यादमा नतडपेको कुनै क्षण मेरो माया छ कि छैन नलुकाई भन मेरो दु:ख तिम्रो लागि सुख हुन्छ भने मेरो रोदन तिम्रो लागि हाँसो हुन्छ भने ज्यूँला प्रिय सहेर म दु : ख र रोदन मेरो माया छ कि छैन नलुकाई भन गरें माया प्रिय तिमीलाई आफ्नै मानेर तोडी गयौ मेरो मनलाई खेलौना ठानेर शायद तिम्रो स्वार्थीपनलाई मैले बुझ्न सकिन मेरो माया छ कि छैन नलुकाई भन सुनेथें प्रेम गर्नेहरु सुरुमा नै भन्छन दुइतार्फिको मनपेट बुझेपछि अँगालोमा बाँधिन्छन् तिम्रो नै मेरो पर्खाई भो कैले तिमीले  सोचेन मेरो माया छ कि छैन नलुकाई भन | All Rights Reserved © Author [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Thank you for your support to ECDC Nepal !

Dear All,  Thank you very much for all your support. We were able to successfully raise and send N Rs. 3,62,924.00 to ECDC Nepal. Pushpa Bashnet, the founder of ECDC Nepal and her team have been actively working for the welfare of the innocent children living in jail with their parents who are serving time for their crimes.  Pushpa and her team are now parents for more then 40 innocent kids. Your support has been always encouraging Pushpa and her team for creating a home for those innocent children, whom, now she shelter, nourish, and educate for the better future of the kids and the world. sapanasansar.com and GrowingBeyondBars would like to thank ANMN , Empower Nepal Foundation , the Nepalese community around the globe and the friends of the Nepalese community around the globe for participating on this fundraiser. Click here to view the complete donors list. Click here to see the receipt from ECDC Nepal. If you are intereseted to volunteer or support EC...

Play to Help: A Fund Raising Event Organized in Minneapolis,MN

Sailen Bhattarai, MN 12/5/2011, As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends to play and socialize. But this time around there was a great sense of satisfaction that none of us had ever felt before. How often can we do something that is fun for the participants as well as help the unprivileged? How often does one get the opportunity to PlayToHelp? I was one of the first few ones to get there - our site for the PlayToHelp event on Saturday Dec 03, 2011. The weather forecast said it was going to snow that afternoon, so we were nervous. What if no one showed up? All of the preparations were done, and we had a steep goal to accomplish – raise $1000. The theme of the event was PlayToHelp. The plan was to play a few games: Video game played on playstation called FIFA 2012, Just dance 2 on Xbox Kinect, No Limit Texas Holdem Poker, and 5-for-50 all with one common goal - to raise funds to send 25 kids in Nepal to schoo...

गजल

बसन्तमोहन अधिकारी चितवन मोतीका दाना यो छाती भरी झरेको सम्झन्छु नौटङ्की रैछ मायाको रुप सरेको सम्झन्छु देखाई आँशु छुपाई रुप पासोमा पारेछन्  भरेर झोला रुवाई भुरा तरेको सम्झन्छु सावीत्री सत्य गर्थीन हत्ते धनको आशमा देखाई दुःख लुटेर सुख भरेको सम्झन्छु दुनियाँ माझँ समाई हात साथमा हिडाएँ टुहुरा भनी माया र सेवा गरेको सम्झन्छु देखाई झुट लुकाई सत्य यो कस्तो हाँसो हो यो सबै देख्दा मानव आत्मा मरेको सम्झन्छु   [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सरीता !

उदासी पवित्रा झापा हाल – विराटनगर उर्वर तिम्रो मनोभूमिमा सरीता किन भोकमरी चल्यो भन्ने सुनें ? थरीथरी शंका उपशंकाहरु... नचाहाँदा नचाहाँदै मनमा वुने फेरी मनले मानेन अनि सोधे– कसरी यस्तो हुनसक्यो सरीता ?? उपकारी थियौ, फराकिलो सोचाईं दया माया र सद्भावको नाममा त्यो उर्वर मनोभूमि वाँडफाँड गर्यौ कि ? अनि अर्काको भरोसा समीप सरयौ कि ?? नभएर मान्छे नहुने भएका छैनन भएर चल्न नजान्नेहरु इतिहासदेखि नहुने कहलिएका छन् म सत्य वोल्दैछु सरीता तिमीले आफू र आफ्नो भूमिलाई सरीता दोष लगाउनु पर्दैन पश्चताप कुनै कुरामा गर्नु पर्दैन एकपटक आफ्नै आँखाले नियाल्यौ उर्वर मनोभूमि अंशवण्ड लगायौ अव, मान सरीता मान तिमी भरोसा आफूमा मात्र अर्कालाई सुम्पिनदेऊ त्यो उर्वर मनोभुमिका भरोसाहरु ननिम्त्याऊ खडेरी विनाका भोकमरीहरु कति हराभरा छ स्वर्ग, स्वर्ण, सद्भाव र सम्मान अनि फुल्छ–फल्छ त्यहि सम्पुर्णता उर्वर तिम्रो मनोभूमिमा सरीता ।।। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

ए एन एम एन दशै तिहार नेपाल नाईट २०११ !

बिजयादशमी तथा दिपावली २०६८ को शुभँ अवसर पारेर मिनिसोटबासी नेपालीहरुले "ए एन एम एन(एसोसिएसन अफ नेप्लीज ईन मिनिसोटा ) दशै तिहार नेपाल नाईट २०११" सम्पन्न गरेका छन्। कार्यक्रममा नेपाली गीत संगीत , नाचगान तथा नाटक कंपनी को प्रस्तुती यस् पाली को दशैँ अम्रीकामा" प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, तिब्बेती, भुटानी तथा अमेरिकी समुदायको उपस्थिती थियो। भुटानी तिब्बेतीयन समदायका नेपालीहरुले केहि पनि , नेपाली नृत्य तथा नेपाली गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण सदाझै नाटक कंपनी को प्रसतुती रहेको थियो। "यस् पाली को दशैँ अम्रीकामा" नाटक प्रस्तुत गरिदा थुप्रै तालीका गड्गाढाहट् सुनिन्थ्यो ! सपनासंसारमा आज त्यहि नाटक प्रस्तुत गरेको छु, आशा छ, तपाईहरुलाई अवश्य पनि मन पर्नेछ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दसैं नजिकिंदै गर्दा,

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका दसैं नजिकिंदै गर्दा, म यसपाली कस कस्कोमा टीका थाप्न जाने भनेर श्रीमतिसंग सल्लाह गर्दे छु। खेस्रा कागजमा लिष्ट बनाउदै छु। कसैको नाम काट्दै छु। कसैको नाम थप्दै छु। सचिव शक्ति बल्लभको मा हरेक साल टिका थाप्थें। यो साल देखि उ सेवा निबृत भयो, उसको सरकारी शक्ति पनि सबै गयो। मेरो लिष्टमा उसलाई किन अब राख्नू? सरकार परिवर्तन संगै महाप्रवन्धक प्रबन्धराज जोशीको जागीर पनि चैट भयो। भतिजोलाई जागीर लगाई देलाकि भन्ने आश थियो, त्यो पनि गयो। मेरो लिष्टमा उसलाई किन अब राख्नू? मेरो छोरीलाई सिंत्तैमा "बेबी सिट" गरिदिने बेबिना भाउजुकोमा पनि जान्न यसपालि। मेरो छोरी ठूली भइसकी, अब आफै बस्न सक्छे। काम सकिएको मान्छेलाई किन मान्नू? हिजोको मिल्ने मित्र त हो मित्रमणि, तर के गर्ने, न त्यसको राम्रो जागीर छ, न ठूलो घर छ। त्यसकोमा गएर किन आफ्नै हैसियत झार्नू? यसपालि एक जना मेरो श्रीमतिको मामाको ससुराको सम्धी पर्ने मन्त्रीका पिए भएका छन् रे। ऊनकोमा त जानै पर्छ। "आफ्ना मान्छे" सधैं पावरमा कहां हुन्छन् र। मौकाको सदुपयोग त गर्नै पर्छ। यसपालि...